वामदेव गौतमद्वारा नयाँ दल घोषणा

असार १४, २०७९ मा प्रकाशित
Published at 2022-06-28

80 views

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ ।

काठमाण्डौमा आज मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गर्नुभएको हो । दलको संयोजकमा स्वयम् वामदेव गौतम हुनुहुन्छ भने सचिवमा डीबी कार्की रहनुभएको छ ।

गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।

वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ । तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.