४३ जनामा कोरोना पुष्टि

असार १०, २०७९ मा प्रकाशित | 396 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा एक सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web