रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी को घोषणा

असार ७, २०७९ मा प्रकाशित
Published at 2022-06-21

62 views

काठमाडौँ । सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो ।

उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.