एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

जेष्ठ ३१, २०७९ मा प्रकाशित | 584 views

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आज मङ्गलवारको बैठक स्थगित गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा बाहिरी मानिसले राजस्वकाे दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो । त्यसपछि एमालेका सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरे । एमालेका सांसदहरूले अर्थमन्त्री शर्माको राजीनामा पनि मागेका छन् ।

एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधवार बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web