एमालेको सचिवालय बैठक बस्दै

जेष्ठ ३०, २०७९ मा प्रकाशित | 482 views

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web