१९ जनामा कोरोना पुष्टि

जेष्ठ २९, २०७९ मा प्रकाशित | 522 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web