१७ जनामा कोरोना सङ्क्रमण पुष्टि

जेष्ठ २८, २०७९ मा प्रकाशित | 465 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी २ हजार १ सय ७३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप ११ जना निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ७ जना रहेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ८१ हजार ९ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web