११ जनामा कोरोना पुष्टि

जेष्ठ ७, २०७९ मा प्रकाशित | 447 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन भने कोरोना विरुद्धको खोप लगाएको विवरण पनि प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web