विदुरमा यात्रु चढ्न रोक लगाएको अटो सञ्जु पण्डितको चुनावी प्रचारमा भने निर्धक्क चल्यो

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकामा चलाउन अनुमति नपाएर अन्यत्र जान बाध्य भएका तीनपाङ्ग्रे सवारीसाधन अटो अहिले चुनावी प्रचारमा भने निर्धक्क चलिरहेको छ । अझ रोचक पक्ष त के छ भने यसअघि अटो चलाउन कानूनले मिल्दैन भनेर ट्राफिक प्रहरी र नगरप्रहरी लगाएर खेद्ने विदुरका मेयर सञ्जु पण्डित अहिले उनी सहित उनको प्यानलका उम्मेदवारहरुको चुनावी प्रचारको लागी आधा दर्जन अटो निर्धक्कसंग घुमाइरहेका छन् ।
उम्मेदवारले चुनावी प्रचारको लागी तोकिएको सङ्ख्यामा भन्दाबढी सवारीसाधन प्रयोग गर्न नपाइने भनेपनि त्यसको समेत उल्लंघन गर्दै यसअघि विदुरमा अटो चलाउन नपाउने भन्दै यात्रुलाई सेवा दिन नपाएका अटो गाडीहरु अहिले भने उनै मेयरका उम्मेदवार पण्डितले निर्धक्कसंग आफ्नो चुनावी प्रचारमा गुडाइरहेका छन् ।

No description available.
विदुरमा सञ्चालन हुने सार्वजनिक यातायात भरपर्दो छैन । भित्रि सडक र थोरै यात्रु बोकेर जान मान्दैनन् । ट्याक्सीको सुविधा पनि छैन । त्यस्तो अबस्थामा विकल्पको लागी उपयुक्त माध्यम रहेको अटो गाडी चलाएर यहाँको जनतालाई सेवा दिन, रोजगारको सिर्जना स्थापना गर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउन आएका अटो गाडीहरुलाई ट्राफिक प्रहरी र नगरप्रहरी लगाई चल्न मिल्दैन भनेर लखेटेको भएपनि अहिले चुनावी प्रचारमा ने उनै सञ्जु पण्डितलाई जिताऔँ भन्ने माइकिङ गर्दै अटो गाडीहरु हिडिरहेको देख्दा नगरबासी छक्क परेका छन् ।

विदुरबासी अर्थात यहाँका मतदाताले अहिले नेकपा एमालेबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले ल्याएको प्रतिवद्धता पत्रमा अटो गाडी चल्न दिएर यात्रुलाई सहज रुपमा सेवा दिने भन्ने बुदाँको खोजी गरेपनि त्यो नदेख्दा चुनाव पछि फर्कने अटो गाडीलाई रमाइलो मान्दै हेर्ने गरेका छन् । यो दृष्यले विदुरमा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार सञ्जु पण्डितलाई भने गिज्याइरहेका पाइन्छ ।

No description available.

प्रतिक्रिया

TOP