
समुन्द्रटार । स्थानीयतहको निर्वाचन २०७९ को लागी सत्तारुढ दलहरुबीचको तालमेल गरेर चुनावमा जने भनेपनि नुवकोटमा विदुर, बेलकोटगढी र तारकेश्वर बाहेक अन्य सबै पालिकामा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली काँग्रेसले आफ्नो संगठन राम्रो रहेकाले अरु पाटीसंग तालमेल नगर्ने दम्भको साथ एक्लै चुनावमा उत्रिएसगैँ बाँकी पाटीहरुबीचको तालमेलले काँग्रेसको दम्भ र बलियो पहुँच रहेको पालिका मत परिणाम कमजोर हुने देखिएको छ ।
आफ्नो संगठन बलिया रहेको भन्दै तालेमेल नगरेको दुप्चेश्वर गाँउपालिकामा नेपाली काँग्रेसले यो पटक वडादेखि पालिका समेत गुमाउने देखिएको छ । उम्मेदवारी दर्ताको दिन नै उम्मेदवारको दाबेदारी रहेका योविन्द्रसिंह तामाङ नेकपा एमालेमा लाग्नु, यसअघिको उपाध्यक्ष रहेको अञ्जु आचार्यले आफ्नो दाबी अध्यक्ष भनेपनि अन्तिम समयमा पदको लागी पुनः उपाध्यक्षमा नै उम्मेदवारी दिनुले पनि दुप्चेश्वर काग्रेसमा पदीय लोभमा नेता र कार्यकर्ता देखिएसगैँ चुनावी माहोल काँग्रेसको कमजोर देखिएको छ ।
यसअघि राम्रो काम गरेको भनेर पुनः चुनाव जित्नेमा ढुक्क रहेका योविन्द्रसिंह सांगठानिक रुपमा कमजोर रहेको नेकपा एमालेमा लागेसगैँ चुनाव जित्न गाह्रो पर्ने देखिएको छ भने दुप्चेश्वरमा नेपाली काँग्रेसको लागी मुख्य ‘डोनर’ मानिएको नेता सुशील खड्का सहित काँग्रेसको ‘भोट बैंक’ रहेको घ्याङफेदीमा बलियो पहुँच बनाएका सुनबहादुर तामाङ, कृष्ण स्याङताङ लगायतका नेताहरु एमालेसगैँ दुप्चेश्वरमा काँग्रेसबाट अध्यक्षका उम्मेदवार पूर्णबहादुर तामाङ र उपाध्यक्षका उम्मेदवार अञ्जु आचार्यको माहोल खस्किएको छ । पूर्णबहादुर तामाङ केसी पक्षधर र अञ्जु आचार्य महत पक्षधर भएकाले पनि काँग्रेसका गुटको एक समूहले अर्को समूहलाई भोट दिनेमा आशंका छ ।
नेपाली काँग्रेस छाडेर नेकपा एमालेमा लागेकाहरुले धमाधम काग्रेसका थप कार्यकर्ता नेकपा एमालेमा समाहित गराउदै आएसगैँ चुनावी ्रचार अभियानको क्रममा काँग्रेसका उम्मेदवारहरु दुप्चेश्वर गाँउपालिकाको घरवस्तीमा पुग्दा यसअघि हुने गरेको जस्तो माहोल यो पटक ने निकै निराशाजनक देखिएको छ । महोल कमजोर भएसगैँ आत्तिएको नेपाली काग्रेसले आइतबार काँग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, जिल्ला सभापति रमेशकुमार महत, पूर्वजिल्ला सभापति जगदिश्वरनरसिंह केसी र सभापतिका प्रत्यासी डा.केदारनरसिंह केसी सहितलाई अतिथी बनाएर चुनावी सभा मार्फत काँग्रेसका उम्मेदवारलाई जुट गुटको भएपनि बिजयी गराउन आह्वान गरेका छन् । चुनाव सभामा निकै कम सङ्ख्यामा उपस्थित भएका कार्यकर्ताको सहभागिताले नेताहरुको अपिल पनि निरर्थक हुने देखिएको छ ।
नेपाली काँग्रेस भित्रको गुट र कलह, योग्य उम्मेदवारले टिकट पाउन नसक्नु, पाटीमा लागेकाहरु चुनावी मुखमा पाटी नै छाडेर अर्को पाटीको उम्मेदवार बन्नु लगायतको फाइदा नेकपा माओवादी केन्द्रलाई पुगेको छ । माओवादी केन्द्रबाट प्रभावशाली, सामाजिक व्यक्तित्व, पूर्व शिक्षक शंकरबहादुर थापा उम्मेदवार हुनुुहुन्छ । बेलायत पुगेका जेठो छोराबुहारीलाई बोलाएर आर्थिक कारोबारको जिम्मेवारी लगाउदै कान्छो छोराले अमेरिका बोलाएपनि राजनीतिक मार्फत समाजसेवा गर्दै शंकरबहादुर थापा दुप्चेश्वर गाँउपालिकालाई नमूना पालिका बनाउने अभियानमा होमिनुभएको छ । सोही कारण पनि उहाँको जित निश्चित देखिएको छ । समुन्द्रटार बजारमा बसेर व्यावसाय गर्दै आएको फाइदा, समुन्द्रटारबासी भएकाले सबै दल समर्थित मतदाताबाट पाएको साथ, इमान्दार छवी र यसअघिका पालिकाको अध्यक्ष र उपाध्यक्षले पुराएको सेवा पूर्वाग्रही र पाटीको गुट केन्द्रीय भएर दुःख पाएका जनताको लागी शंकरबहादुर थापा उत्कृष्ट उम्मेदवारको रुपमा मतदाता माझ लोकप्रिय रहनुभएको छ ।
नेकपा माओवादी केन्द्रले यसअघिको चुनावमा पराजित भएपछि निरन्तर रुपमा सक्रियताको साथ पुराउदै आएको सेवा, पाटीका शीर्ष तथा प्रवाशाली नेता राधिका तामाङ सहित हितबहादुर तामाङ लगायतको सक्रियता दुप्चेश्वरमा यो पटकको चुनावमा नेकपा माओवादी केन्द्रले उठाएको उम्मेदावार जितको लागी बलियो देखिएका छन् ।