बेलकोटगढीको प्रमुखमा माओवादी केन्द्रबाट तीन जनाको नाम सिफारिस

बैशाख ८, २०७९ मा प्रकाशित | 856 views

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख पदको उम्मेदवारमा नगर कमिटीले तीनजनालाई प्रस्ताव गरेको छ ।
यसअघि भएको निर्वाचनमा नगरप्रमुख पदका उम्मेदवार जगतबहादुर गुरुङ सहित पाटीका पुराना नेता रामप्रसाद ढुङ्गाना र अहिलेको उपप्रमुख कविता ढुङ्गानालाई नगरप्रमुख पदमा सिफारिस गरेको हो । नगरप्रमुख पदमा यसअघि थोरै मतले पराजित हुनुभएका जगतबहादुर गुरुङले नै तयारी गर्दै आउनुभएको थियो भने नेकपा माओवादीको पूराना नेता रामप्रसाद ढुङ्गाना र नगर उपप्रमुख कविता ढुङ्गानाले पनि प्रमुखमा उठ्ने आकांक्षा राखेपछि चुनाव गराएर उम्मेदवार टुङ्गाउनुको सट्टा माथिल्लो निकायले निर्णय गर्ने भन्दै तीनै जनाको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका नेता नविन पुडासैनीले जानकारी दिनुभएको छ ।
यसअघि नगरप्रमुखका उम्मेदवार निरन्तर रुपमा समाजसेवा र राजनीतिमा खटिदै आउनुभएको छ भने अहिलेको उपप्रमुख कविता ढुङ्गानाले पनि सफल रुपमा अहिलेको जिम्मेवारी पूरा गरेसगै जनतामा आफू लोकप्रिय भएकाले सजिलै चुनाव जित्न सक्ने बताउदै आउनुभएको छ । नेकपा माओवादीका पूरा नेता रामप्रसाद ढुङ्गाना इमान्दार, त्यागी र निष्ठाको राजनीतिमा खम्बाको रुपमा रहेकाले तीनैजना उम्मेदवार प्रमुखको लागी बलियो दाबेदार रहेको भन्दै नगर कमिटीले निर्णय गर्ने जिम्मे माथिल्लो कमिटी बागमति प्रदेशलाई पठाएको हो ।
नगरप्रमुख पदमा आकांक्षी तथा बलियो दाबेदारीमा रहनुभएका नबिन पुडासैनी र राजकुमार रेग्मी ‘सन्देश’ले भने सर्वसम्मतको प्रयासको लागी भन्दै उम्मेदवारी दाबीको प्रतिस्पर्धाबाट नाम पछि हटेका थिए ।
सत्तारुढ दलहरुबीच गठबन्धनको प्रयास भइरहेको र हाल नेकपा एमालेले १० वटा वडा अध्यक्ष सहित नगरप्रमुख जितेको बेलकोटगढीमा अहिले भागबण्डामा नेकपा माओवादीले दाबी गर्दै आएको छ । काँग्रेसले पनि विदुरमा प्रमुख पाएमा बेलकोटगढी माओवादी केन्द्रलाई दिने संकेत दिएको छ । गठबन्धन भएमा चुनाव सजिलै जितिन्छ भनेर पनि आकांक्षी उम्मेदवारको सङ्ख्या अपेक्षा भन्दा धेरै देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web