सुर्यगढी ३ को वडा अध्यक्षमा नेकपा एमालेबाट रमेश बिश्वकर्माको बलियो दाबी

बैशाख ७, २०७९ मा प्रकाशित | 1404 views

बिदुर । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्बाचनका लागी बिभिन्न दलहरुबाट उम्मेदबारी चयन प्रक्रिया सुरु भैरहेको छ । अहिले देशैभरका चिया पसलदेखि चोक तथा चौतारामा निर्बाचनकै बिषयमा छलफल चलिरहेको छ ।

देशैभर जस्तै नुवाकोटमा पनि चुनाबी माहोल निकै तातेको छ । नुवाकोटमा सत्ता गठबन्धनका दलहरु कुन पालिकालाई कस्को भागमा पार्ने भन्ने बिषयमा दिनहु जस्तो बैठकमा ब्यस्त देखिएका छन् भने यता, नेकपा एमालमा पनि जिल्लाका ठाउ ठाउमा उम्मेदवार कस्लाई बनाउने भनेर छलफल चलिरहेको छ ।

जिल्लाका बिभिन्न गाउबस्तीमा चुनाबी चहलपहल चलिरहदा नुवाकोटको सुर्यगढी गाउपालिका वडा नं ३ को वडा अध्यक्षमा रमेश बिश्वकर्माको दाबी बलियो देखिएको छ । नेकपा एमालेको बिभिन्न भादृसंघ संस्था एबं नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा जिल्ला सहर्ईन्चार्ज जिम्मेबारी पाउनुभएका बिश्वकर्माले आफुलाई वडाअध्यक्षको बलियो दाबेदारीको रुपमा उभ्याउनुभएको छ ।

पछिल्लो समय राजनितिक, सामाजिक तथा खेलकुद बिकासको क्षेत्रमा निकै सक्रिय रहनुभएका बिश्वकर्मालाई सुर्यगढी गाउपालिका वडा नं ३ का स्थानीयले आफुलाई वडा अध्यक्षको रुपमा देख्न चाहेको उहाँ बताउनुहुन्छ ।

बिश्वकर्मा भन्नुहुन्छ –‘सुर्यगढी गाउपािलका वडा नं ३ को वडा अध्यक्षमा मेरो दाबेदारी छ, यहाँका स्थानीयले सक्षम ब्यक्ति छनौट गर्नुुहुन्छ भन्ने मलाई बिश्वास छ, जनताको साथ र सहयोग रहन्छ भने वडाको मात्रै नभई गाउपालिका कै बिकास र समृद्धिको लागी म अहोरात्र खटिन तत्पर रहनेछु ।’
सामाजिक अभियानमा सक्रिय तथा स्वच्छ छवि बनाएको नेकपा एमालेका युवा नेता बिश्वकर्माको वडा अध्यक्षमा उम्मेदवारीको चर्चाले स्थानीय जनताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web