१० जनामा कोरोना पुष्टि

बैशाख ६, २०७९ मा प्रकाशित
Published at 2022-04-19

423 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय तीन जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ३४ जनामा झरेको छ । यस अवधिमा काेराेना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ७२ हजार ६ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.