जनमत भन्दापनि मतपत्र सुरक्षाको चिन्ता छ : अध्यक्ष ओली

बैशाख ३, २०७९ मा प्रकाशित | 530 views

जनमत भन्दापनि मतपत्र सुरक्षाको चिन्ता छ : अध्यक्ष ओली

त्रिशूली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीयतहको निर्वाचनमा आफ्नो पाटीलाई प्रशस्त जनमत प्राप्त हुने भएपनि मतपत्र सुरक्षामा चुनौती रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) नुवाकोटले शुक्रबार बट्टार बजारमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेला तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले)को नेतृत्वमा भएका धेरै लोकप्रिय कार्यले जनमत प्रशस्त आउने तर, प्राप्त मतको सुरक्षा चिन्ता रहेको गुनासो गर्नुभयो ।

“हाम्रो पक्षमा प्रशस्त मत आउने भएकाले पाटी कार्यकर्ताहरुलाई मत बढाउन भन्दापनि बढेको मतको रक्षा गर्नुहोस् भन्न चाहन्छु” उहाँले भन्नुभयो “मतको रक्षा गर्न सकिएन भने जति मत बढेपनि यहाँ बत्ति निभाएर बाकस साट्नेहरु छन्, मतपत्र च्यात्ने, मुखमा हाल्ने र चपाउनेहरु छन्, त्यस्ताबाट होसियार हुनुहोस्, बाकस र मतपत्र आखाबाट ओझेल पर्नै नदिनुहोस् ।”

सत्तारुढ पाच राजनीतिक दलहरुबीच भएको गठबन्धनलाई कटाक्ष गर्दै ‘अप्राकृतिक’ भएकाले जनमत प्राप्तको लागी जनतालाई भुक्याउन रचिएको रणनीति भएको उहाँले टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले)को नेतृत्वमा केन्द्रदेखि स्थानीय सरकारमा गरेका लोकप्रिय कामले आसन्न पालिका निर्वाचनमा अहिलेको भन्दा धेरै स्थानमा आफ्नो पाटी बिजयी हुने उहाँको दाबी छ । ‘सुखी जनता : समृद्धि नेपाल’को सपना पूरागर्ने जिम्मेवारी लिएको नेकपा (एमाले)लाई मतदान गरेर विश्वास गर्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web