पोखराको मेयरमा एमालेका १२ जनाको आवेदन

चैत्र २९, २०७८ मा प्रकाशित | 795 views

काठमाडौँ । वैशाख ३० गते हुने पालिका चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको नेतृत्व अहिले एमालेले गरिरहेको छ ।

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट दर्शन लामा, पुष्पज्योति ढुङ्गगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको उम्मेदवारी परेको छ ।

त्यसैगरी उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीकाे आवेदन परेकाे छ ।

अघिल्लो चुनावमा पोखरा महानगरमा एमालेका मानबहादुर जिसी निर्वाचित हुनुभएकाे थियाे । उहाँले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले हराउनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web