गठबन्धनले थप्यो जिल्लामा तालमेलको सहमति जुटाउने समय

चैत्र २७, २०७८ मा प्रकाशित
Published at 2022-04-10

581 views

काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गरेको छ ।

सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको एक नेताले बताए ।

यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा सोमबार संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ ।

सत्तारुढ गठबन्धनको बैठक सोमबार विहान ९ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.