२ हजार ७ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

चैत्र २७, २०७८ मा प्रकाशित | 645 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेापालमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४८ जना काेराेना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यही अवधिमा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसबीच २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web