७ जनामा कोरोना पुष्टि

चैत्र २४, २०७८ मा प्रकाशित | 627 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ६८ जनाको नमुना परीक्षण गर्दा थप सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २५ जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ४७ जनामा झरेको छ । यही अवधिमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्य छ ।

यस्तै २४ घण्टामा ५० हजार ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web