२ जनामा कोरोना पुष्टि

चैत्र २, २०७८ मा प्रकाशित | 813 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार एक सय ७५ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ ।

अहिले नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार पाँच सय ७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख पाँच हजार चार सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web