बाघखोर । बेलकोटगढी नगरपालिका वडा नं ९ बाघखोरमा यही चैत ३ गते फागु पूर्णिमाको दिन अर्थात भोलि हुन लागेको २८५८औँ सोनाम ल्होछार ताक/च्यान ल्होको अबसरमा आयोजित ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ ।
बेलकोटगढी नगरपालिका नगरस्तरीय तामाङ सँस्कृति संरक्षण समितीद्धारा आयोजित ल्होछार बिशेष कार्यक्रमको आबश्यक सबै तयारी पूरा भएको कार्यक्रमका संयोजक सुर्यबहादुर तामाङले जानकारी दिनुभएको छ ।
भोलि बिहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघीय साँसद एबं नेपाल सरकारको पूर्ब कानुनमन्त्री शेरबहादुर तामाङ नुवाकोटको बेलकोटगढी नगरपालिका बाघखोर आउन लाग्नुभएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार तामाङ सेलो गायक प्रेम लोप्चान तामाङ, ईन्दिरा गोले लगायत स्थानीय कलाकार भिमसेन दाहाल सहितको साँङ्गेतिक प्रस्तुती समावेश गर्न लागिएको छ ।
कार्यक्रमका संयोजक सूर्यबहादुर तामाङका अनुसार ल्होछार बिशेष साँस्कृतिक कार्यक्रममा सहभागी हुन चाहाने महानुभाबहरुको लागी नगरपालिका भित्रका बिभिन्न स्थानबाट आउजाउको लागी सवारीसाधनको ब्यबस्था गरिएको छ ।

कार्यक्रमका संयोजक सुर्यबहादुर तामाङ।
बेलकोटगढीको वडा नं १ का लागी आरुखर्कबाट, वडा नं २ र ३ का लागी एक्लेफाट, वडा नं ४, ५ र ६ का लागी कोल्पुटार, दुईपिपल मालिकाबाट, वडा नं ७ र ८ का लागी महादेबफाटबाट, वडा नं १०, ११, १२ र १३ का लागी मदानपुर, तिगाँउ र मजुवा लगायतको स्थानबाट बसको सुबिधा उपलब्ध गराईएको आयोजक बेलकोटगढी नगरपालिका नगरस्तरिय तामाङ सँस्कृति संरक्षण समितीले जनाएको छ ।
कार्यक्रम तामाङ समुदायको मात्र नभई सबैको साझा पर्व र धार्मिक तथा जायीय सद्भाव कायम राख्नलाई आयोजना गरिएको हुँदा सबै समुदायलाई सहभागी भएर सहयोग पु-याउन आयोजक समुहले अनुरोध गरेको छ ।
27.58¡ÆC