रामहरि न्यौपाने,
त्रिशूली । कोरोना रोग विरुद्धको खोपमा सबैको पहुँच पु-याउन स्वास्थ्य कार्यालय नुवाकोटले अबदेखि हरेक साताको दुईदिन खोप कार्यक्रम चलाउने निर्णय गरेको छ । कोरोना रोग विरुद्धको खोप लगाउन बाँकी रहेका तथा दोश्रोडोज र अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनको अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित शहरी स्वास्थ्य केन्द्र र हरेक साताको बुधबार त्रिशुली अस्पतालमा खोप उपलब्ध गराएर बाँकी रहेकादेखि थप डोजको खोप सेवा उपलब्ध गराउन लागेको हो ।
यसैगरी, जिल्लामा रहेको बाह्र स्थानीयतहले पनि अबदेखि मासिक रुपमा पालिकामा कुनै एक स्थानमा खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ ।

“खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप सेवा उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउदा आउजाउको क्रममा रोगको थप जोखिम तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामा नै खोप उपलब्ध गराउन लागिएको हो ।
खोप अधिकृत महर्जनले भन्नुभयो “त्यसको लागी हरेक महिनाको तोकिएको मितिमा तोकिएको खोप केन्द्रबाट सेवा दिन आवश्यक खोप लगायतका सामाग्रि स्वास्थ्य कार्यालयले व्यवस्था मिलाउने छ ।”
कोरोना रोगको सक्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्ष माथीका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ ।
नुवाकोटमा कोरोना रोग विरुद्धको खोपमा सबैको पहुँच सुनिश्चित बनाई जिल्लालाई कोरोना रोग विरुद्धको खोपयुक्त जिल्ला घोषणाको लागी खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो ।
जिल्लामा अहिलेसम्म कोरोना रोग विरुद्धको विभिन्न पाच कम्पनीका तीनलाख भन्दाबढी डोज खोप भित्रिएको छ । खोप कार्यक्रम सुरु भएदेखि अहिलेसम्म नुवाकोटमा कोभिशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरेसेल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
17.32¡ÆC