सुनको भाउ एक लाख नाघ्यो

फाल्गुन २२, २०७८ मा प्रकाशित | 643 views

काठामाडौँ । सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो । हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो ।

युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यसअघि गएको वर्षको साउनमा सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसपालि भाउ बढेर यो मूल्य नाघ्ने अनुमान गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ३५ रुपैयाँले बढेर चाँदीकाे भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web