त्रिशूली । नेपाल खेलकुद महासंघ बागमति प्रदेश कार्यसमितिमा नुवाकोटबाट पाच जनाको प्रतिनिधित्व भएको छ ।
हालै बसेको नेपाल खेलकुद महासंघ बागमति प्रदेशको पहिलो कार्यसमितिको बैठकले नुवाकोटका सविना पाण्डेलाई उपाध्यक्ष र सदस्यहरुमा सञ्जिव पौडेल, सुरेशलाल चित्रकार, रमेश विश्वकर्मा र भूमिबहादुर तामाङलाई मनोनित गरेको हो ।

नेपाल खेलकुद महासंघ बागमति प्रदेश सदस्य सञ्जिव पौडैल ।
नेकपा एमालेको भातृ सँस्थाको रुपमा रहेको नेपाल खेलकुद महासंघ बागमति प्रदेशले प्रदेशभित्र खेल र खेलाडीको नयाँ उत्पादन गर्ने तथा अहिलेका खेलाडीहरुलाई खेलकुद प्रतियोगिता मार्फत उनीहरुलाई थप प्रखर बनाउदै अघि बढाउन सहयोग पुर्याउदै आएको नेपाल खेलकुद महासंघ बागमति प्रदेशका सदस्य सञ्जिव पौडेलले जानकारी दिनुभयो ।

नेपाल खेलकुद महासंघ बागमति प्रदेश सदस्य रमेश विश्वकर्मा ।
यो पनि पढनुहोस् :
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् । शनिबार बागमती प्रदेश राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थिए ।नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाल उपाध्यक्षमा निर्वाचित भए ।
त्यस्तै मकवानपुरका जनरल श्रेष्ठ सचिव चयन भए भने धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिवमा निर्वाचित भए मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराए ।

शुभकामना मन्तव्यको क्रममा बस्नेतले खेलक्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा खेल प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए।
बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्तगतिमा भएकोमा दुःख व्यक्त गर्दै द्रुतगतिमा काम सम्पन्न गर्नुपर्नेमा जोडदिंदै वर्तमान सरकारले खेलकुद ऐनलाई मिचेर खेलक्षेत्रको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदमा किचलो निम्त्याएको धारणा राखे ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले सम्बोधन गरेका थिए ।
बागमती प्रदेशमा रहेका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा कराँते तथा तेक्वान्दोका खेलाडीले खेलकौशल प्रस्तुत गरका थिए ।
24.12¡ÆC