ओलीलाई प्रधानमन्त्री देउवाको प्रस्ताव : सहमतिमा एमसीसी अनुमोदन गरौँ, तपाईको माग पूरा गर्छु

फाल्गुन १४, २०७८ मा प्रकाशित
Published at 2022-02-26

278 views

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सहयोग परियोजना (एमसीसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राखेका छन् । शुक्रबार ओली निवास बालकोटमा भएको भेटमा प्रधानमन्त्रीले  सो प्रस्ताव राखेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

जवाफमा  ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको बताए । “एमसीसीलाई प्रतिनिधिसभाबाट सबैको सहमतिमा अनुमोदन गरौँ भन्ने प्रस्ताव गर्नुभएको छ । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण तयार गर्नुस् । एमसिसी सहमतिमा पास गर्ने वातावरण बनाएमा ओलीले राख्दै आएका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

त्यसपछि हामी हाम्रो विचार राख्छौँ र त्यसपछि निष्कर्ष पुग्न सकिन्छ भन्नुभएको छ,” उनले भने ।  देउवा र ओली सहितका नेताहरूबीच भोलि पनि छलफल हुने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.