स्थानीय तह चुनावका लागि नेकपा एमाले दल दर्ता

फाल्गुन १३, २०७८ मा प्रकाशित | 494 views

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज शुक्रवार काठमाण्डाैकाे कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले निकालेकाे सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टी चुनावकाे तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि चुनावकाे प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो ।

यसैबीच निर्वाचन आयोगले आज शुक्रवार दिउँसोसम्म स्थानीय तह चुनाव प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले चुनाव आयोगमा एक सय नाै वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएका दलहरूले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पार्नुभयो ।

प्रवक्ता शर्माले आयोगले स्थानीय तह चुनावकाे कामलाई तीव्रताका साथ अघि बढाएको बताउनुभयो । सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गतेका लागि घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web