ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

फाल्गुन १३, २०७८ मा प्रकाशित | 470 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकाेट पुग्नुभएको छ ।

अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो ।

देउवासँगै सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्तासमेत रहनुभएका ज्ञानेन्द्र कार्की पनि बालकाेट पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा बालकाेट जानुअघि बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्नुभयो । एमालेले एमसीसीबारे नकारात्मक टिप्पणी गरेको छैन । तर एमसीसी छलफलका लागि आफूहरूलाई संसदमा छलफलको वातावारण बनाउनुपर्ने माग गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले उन्मुक्ति दिएको भन्दै एमालेले लामो समयदेखि संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web