काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी सात हजार सात सय ४३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा पाँच सय ६२ जना काेराेना सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा नाै हजार ६ सय ७८ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नाै सय ३१ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै २४ घण्टामा एक लाख १५ हजार चार सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ६६ लाख ९१ हजार ६ सय ३० मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ८४ लाख ३५ हजार एक सय ५१ जनाले पहिलो मात्रा, एक करोड ७२ लाख ३५ हजार नाै सय ३८ जनाले दोस्रो मात्रा र १० लाख २० हजार पाँच सय ४१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।
16.89¡ÆC