राजा महेन्द्रको दुर्लभ डायरी

असार १३, २०७३ मा प्रकाशित | 1584 views

'राजाका तीनवटा डायरीमा ७७ जनाको नाम छ। अत्यन्त संवेदनशील कुरा छन्। ती डायरीलाई अंग्रेजीमा अनुवाद गराउँदा क्राउन प्रिन्स (वीरेन्द्र) लाई धेरै कुरा अवगत हुने भएकाले राजा महेन्द्रले परिस्कृत अंग्रेजीमा अनुवाद गराउन चाहिबक्सेको रहेछ।

२०२८ सालमा मलाई अत्यन्त विश्वासका साथ अनुवादको जिम्मेवारी बक्स्यो। सोही साल माघ १७ गते सरकारको स्वर्गारोहण भयो। त्यसपछि ती डायरी मसँगै रहे।'

सुन्दा आश्चर्य लाग्छ। २०१० सालतिरै अंग्रेजीमा एमए गरेर पनि मन्त्री, राजदूत वा सांसदलगायत कुनै सरकारी पदमा बस्न नचाहेका ती 'गुमनाम' व्यक्ति अंग्रेजीका राम्रा-राम्रा पुस्तक पढेर त्यसको सारांश राजा महेन्द्रलाई सुनाउँदा रहेछन्।

योग्य व्यक्तिलाई टपक्क टिपेर अत्यन्त गहन जिम्मेवारी दिने राजाले कुन पदमा बसेर काम गर्नुहुन्छ भन्दै उनलाई धेरैपल्ट सोधेछन्। 'प्रशस्त सम्पत्ति छँदै थियो, त्यसैले जागिर खाने वा केही महिनापछि 'पूर्वमन्त्री' हुने इच्छा पनि भएन', उनी हाँस्दै भन्छन्।

तीन वर्षजति संगत गरेपछि केही सर्त राखेर उनकै सामुन्ने डायरी पढ्ने पंक्तिकारलाई अनुमति मिल्यो। सरलक होम्सको जासुसी उपन्यासदेखि लिएर सबै महादेशका साहित्य, कूटनीति र राजनीति बुझेका परिपक्व व्यक्ति उनीभन्दा झन्डै ३५ वर्ष कान्छो पंक्तिकारलाई मित्रका रूपमा सम्बोधन गर्छन्।

'मित्र, डायरीबारे तपाईंले जानेका-बुझेका कुरा पुस्तक, लेख, अन्तर्वार्ता आदिमा इमानदारीपूर्वक (उनकै शब्दमा अनेस्ट्ली) लेखे हुन्छ, तर मेरो नाम सधैं गोप्य रहोस्', उनले मेरो हात समातेर भने।

उनी मलाई छोरालाई जस्तै माया गर्छन्। म उनलाई बुबा भन्छु। 'हजुरको स्वर्गवासपछि पनि म हजुरको नाम गोप्य राख्नेछु…', मैले आश्वस्त तुल्याएँ।
'ओके, डन्…', उनले दाहिने हातले 'थम्स अप' गरे। साँझमा खाना खाएर पानी, ओखर र केही सुगर फ्री बिस्कुट छेउमा राखी म राजा महेन्द्रका डायरी तनमयपूर्वक पढ्न थालें।

बिहान तीन बजेतिर दुई घन्टाजति बैठक कोठाको गलैंचामै भुसुक्कै निदाएछु, पढ्दा-पढ्दै। जति पढ्यो, उति पढूँपढूँ लाग्ने सुन्दर हरफहरू। राजा महेन्द्र र राजा वीरेन्द्रको संरक्षणमा हुर्किएका दरबारनिकट कतिपय व्यक्ति नै धेरै ठाउँमा प्रश्नवाचक चिह्न बनेर उभिएको पाएँ। उनीहरूको द्वैध चरित्र देखेर घिन लाग्यो।

के छैन यी डायरीमा ? २०२२ साल माघमा युवराज वीरेन्द्रले नुवाकोटको त्रिशूली बजारबाट बुटवलसम्म गरेको पदयात्रालाई राजा महेन्द्रले प्रशंसा गरेका छन्। उनकै शब्दमा- 'राजधानी बुझेरमात्र देश कहाँ बुझ्न सकिन्छ र ! नेपालीपन त झुप्राझुप्रामा खोज्नुपर्छ…।' यस्तै, एकजना नेपाली राजनीतिज्ञका बारेमा राजा महेन्द्रको टिप्पणी छ, 'शल्य (महाभारतको पात्र) जस्तो छ ऊ। जता पठायो, अतिथि सत्कारमा मोहित भएर मूल कर्तव्य बिर्सन्छ।'

डायरीमा दरबारका पुराना कर्मचारी सुरेन्द्रमान जोशी, हंसमान सिंह, मधुसूदन राजभण्डारी, शारदाप्रसाद प्रधानलगायत धेरैका प्रसंग छन्। एकजना पुराना सचिव रेणुलाल सिंहलाई 'धार्मिक प्रकृतिको सोझो मान्छे' भनेका छन् राजा महेन्द्रले। कतिपयले राजालाई ढाँट्ने प्रयास गर्दा गाली खाएको प्रसंग पनि छ।

College

सन् १९५० को ६ नोभेम्बरमा वनभोज जाने बहानामा राजदरबारको पश्चिम द्वारबाट राजा त्रिभुवन केही बाकसमा बहुमूल्य गहना, लुगाफाटो र औषधिहरू लिएर बाहिर निस्केको प्रसंग छ, डायरीमा।

'उसैका लागि' र 'फेरि उसैका लागि' किताबसहित धेरै गीत, कविता र भजन लेखे राजा महेन्द्रले। देशभक्तिले ओतप्रोत छन्, उनका रचना। डायरी पढ्दा धेरै ठाउँमा आँसु आउँछ, उनको प्रबल देशप्रेम सम्झेर।

महाराजगन्जस्थित (हाल शीतल निवास) भारतीय दूतावासमा शाही शरणार्थी भएर दिल्ली पुगेको र त्यहाँ पं जवाहरलाल नेहरूले नेपाललाई 'स्वतन्त्र राष्ट्रजस्तो व्यवहार नगरेको' उल्लेख छ।

अक्षर सुन्दर छन् डायरीमा। प्रत्येक घटनाको विश्लेषण गर्दा नेपाललाई केन्द्रमा राखिएको देखिन्छ। कसैप्रति तुच्छ शब्द व्यक्त गरिएको छैन, बरु गुनासा, असन्तुष्टि र पीडा छन्। प्राचीन धर्म-संस्कृतिप्रति प्रगाढ आस्था प्रतिबिम्बित भएको पाइन्छ। कतै श्रीगणेशाय नमः बाट पृष्ठ सुरु हुन्छ, कतै 'स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह' वाक्यांशबाट।

राजा गीर्वाणयुद्धविक्रम शाहद्वारा रचित 'सत्कर्म रत्नावली' (दुई भाग) पुनर्मुद्रण गर्न चाहेका थिए महेन्द्रले। गीर्वाणले आफ्नो संग्रहका पुस्तकलाई सार्वजनिक पुस्तकालयका रूपमा हनुमानढोका (वसन्तपुर) दरबारमा स्थापना गराएको प्रसंग छ, डायरीमा। पृथ्वीनारायण शाहबाट साह्रै प्रभावित भएको पाइन्छ, राजा महेन्द्र। 'राष्ट्रलाई आत्मनिर्भर बनाउन सके अरूले हेयदृष्टिले हेर्ने थिएनन् भन्ने लाग्छ' उनले एक ठाउँमा भनेका छन्।

'मैले एलबीजेलाई जोन एफ केनेडीको हत्याबारे सोधें' भन्ने प्रसंग छ, सन् १९६७ को अमेरिका भ्रमण प्रसंगमा। 'एलबीजे' भनिने लिन्डन बी जोन्सन राष्ट्रपति छँदा उनकै निमन्त्रणामा राजा महेन्द्रले अमेरिका भ्रमण गरेका थिए। त्यहाँ उनको भव्य स्वागत गरिएको थियो।

राष्ट्रपति जोन्सनले आफूलाई 'तीनकोठे सानो घरमा जन्मेको साधारण मान्छे' भनेका छन्, महेन्द्रसामु। रक्षामन्त्री रबर्ट म्याक्नामारालाई जोन्सनका दाहिने हात भनेका छन् महेन्द्रले।

सन् १९५७ देखि १९६१ सम्म भारतका सेनापति रहेका केएस (कोडान्डेरा सुबैया) थिमैयाको नेपाल भ्रमणमा राजा महेन्द्रले भारतीय प्रधानमन्त्री पं जवाहरलाल नेहरूलाई केही सन्देश पठाएको छनक दिएका छन्, महेन्द्रले।

थिमैया दिल्ली पुगेपछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला काठमाडौंमा पक्राउ परेका थिए।
नेपाल छात्र संघका तर्फबाट सुरेन्द्रराज शर्मालगायतले त्रिचन्द्र कलेजमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा विश्वेश्वरप्रसाद कोइरालाका किताब नदेखेपछि आफूले पठाइदिएको प्रसंग पनि डायरीमा उल्लेख गरिएको छ।

झन्डै अठार वर्ष शासन गरे महेन्द्रले। मेचीदेखि महाकाली जोड्ने महेन्द्र राजामार्गको शिलान्यास गरेका दिन (२०१८ साल) आपूm साहै्र खुसी भएको कुरा उल्लेख गरेका छन् महेन्द्रले। हरेक पृष्ठमा बहुआयामिक पक्षहरू छन्।

राजा महेन्द्रकी प्रेमिका थिइन् गीता गुरुङ। उनीबाट जन्मिएका रवीन्द्र शाहद्वारा रचित 'झरेको फूल' गीत संग्रहमा राजा महेन्द्रले भूमिका लेखेका छन्। राजकुमार रवीन्द्र 'भावुक र प्रतिभाशाली छ' भनेका छन् महेन्द्रले। 'कतिपय पुस्तक पढ्दा उसलाई मैले जस्तै आँसु झारिरहेको देखेको छु' भन्छन् महेन्द्र।
झन्डै ३४ वर्ष पहिले गणेश रसिकले पंक्तिकारलाई रवीन्द्र शाहसँग परिचय गराएका थिए, नयाँ सडकमा। झट्ट हेर्दा राजा महेन्द्रजस्तै देखिन्थे, गीतकार रवीन्द्र शाह।
निर्दलीय पञ्चायती व्यवस्थाको ठाउँमा संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्र स्थापना गर्न राजा महेन्द्रले बहुदलीय व्यवस्थाअनुकूल संविधान बनाइसकेका थिए। तर त्यसबारेमा केही संशोधन गर्न बाँकी नै थियो। महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवालीले मस्यौदा गरेका थिए त्यसको।

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी भन्छन्, 'यसमा तपाईंको के धारणा छ ? ' भनी सोधनी भएको थियो। मैले 'सरकार, नेपाली कांग्रेस त्यागेर निर्दलीय पञ्चायती व्यवस्था स्वीकारेको छु। दलीय व्यवस्थामा जाँदा हजारौं समस्या आउँछन् भन्ने मेरो धारणा यथावत् छ। बहुदलीय व्यवस्था बक्सन्छ भने यो सरकारको प्रिभिलेजको कुरा हो तर म त समर्थन गर्न असमर्थ छु भनी बिन्ती गरेको थिएँ।'

पंक्तिकारद्वारा सम्पादित सारथि साप्ताहिकमा अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भनेका थिए, '२०२८ साल फागुन ७ गते बहुदलीय व्यवस्था घोषणा गर्ने पूर्ण तयारी भित्रभित्रै थियो। तर माघ १७ गते राजा महेन्द्रको हृदयाघातबाट अचानक स्वर्गारोहण भयो।'

राजा महेन्द्रका अरू पनि धेरै डायरी हुन सक्छन्। तीनवटा डायरीमा त पचासौं विषय (कूटनीति, राजनीति, साहित्य, विकास, भूमिसुधार, विकेन्द्रीकरण, शिक्षा, आयुर्वेद, तन्त्रसाधना, परराष्ट्र नीति आदि) छन् भने अरू कति कुरा होलान्।

चीनमा माओसँग भेट गर्दा उनले चीन सोभियत संघको अन्धानुकरण नगरी अघि बढेको, जर्मनी, जापान र ब्रिटेनको साम्राज्यवादविरुद्ध लडेको प्रसंग सुनाएको कुरा उल्लेख छ डायरीमा। परराष्ट्र नीतिका ज्ञाता महेन्द्रले लेखेका छन्, 'अक्साइचीन र अरुणाचलतिरबाट हमला गरेर भारतलाई चीनले हायलकायल पार्दैछ। यस्तो अवस्था जहिले पनि दोहोरिन सक्छ। त्यसैले हामी तटस्थ बस्नु बुद्धिमानी हुन्छ।'

धेरै देश र स्वदेशका विभिन्न जिल्ला घुमेर प्रशस्त अनुभव बटुले महेन्द्रले। 'उसैका लागि' र 'फेरि उसैका लागि' किताबसहित धेरै गीत, कविता र भजन लेखे उनले। देशभक्तिले ओतप्रोत छन्, उनका रचना।

डायरी पढ्दा धेरै ठाउँमा आँसु आउँछ, उनको प्रबल देशप्रेम सम्झेर। बाउन्न वर्षको उमेरमै परलोक भएका महेन्द्रले देश र देशवासीको भलो होस् भनेर अहर्निश धेरै काम गरेको र गर्न खोजेका रहेछन्। हामीले पो महेन्द्रलाई बुझ्न सकेनछौं।
Source:aannapurnapost online/युवराज गौतम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web