
त्रिशूली । अमेरिकी लगानीको विवादास्पद कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)लाई पास गर्ने पक्षमा समर्थन गरेमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने तीन सांसदलाई जिल्ला प्रवेशमा रोक लगाइने भएको छ । नेपाल कम्युनिष्ट पाटी नेत्रविक्रम चन्द (विप्वल) नेतृत्वमा रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसिसी सम्झौता राष्ट्रघाती भएकाले जनताबाट निर्वाचित सांसद् भएर राष्ट्रघाती कदमको विरुद्धमा आफूलाई प्रस्तुत गर्न स्मरण गराएको छ ।
अमेरिकी लगानीमा रहेको एमसिसी सम्झौतालाई पास नगर्नको लागी सार्वजनिक रुपमा टाँस गरिएको ब्यानरमा भनिएको छ ‘हेल्लो सांसद ज्युहरु तपाईको जिल्लाबाट भन्दैछौ एमसिसीको पक्षमा मतदान नगर्नुहोला, यदी गर्नुभयो भने तपाईहरुलाई जिल्ला प्रवेशमा निषेध छ ।’ भन्ने सन्देशको ब्यानर नुवाकोटको मुख्य मुख्य चोकमा झुण्डाइएको छ । अमेरिकी सहायता तथा अनुदान नभई एमसिसी लगानी भएकाले यो देशको लागी राष्ट्रघाती र राष्ट्रिय स्वाधिनता बिरोधी भएकाले एमसिसीलाई कुनै पनि अबस्थामा संसद्बाट पास नगर्नको लागी नुवाकोटबाट प्रतिनिधित्व गर्ने तीनजना हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा र बहादुरसिंह लामा तामाङको तस्वीर नै राखेर जनताले दिएको मत देश बेच्ने एमसिसी सम्झौताको पक्षमा नभएकाले यसको बिरुद्धमा मतदान गर्न अनुरोध गर्दै अन्यथा जिल्ला प्रवेशमा रोक लगाउन बाध्य हुने चेतावनी अखिल क्रान्तिकार नुवाकोटका अध्यक्ष मेघेन्द्र न्यौपानेले दिनुभएको छ ।
नुवाकोटमा जस्तै रसुवामा पनि एमसिसी सम्झौताको पक्षमा मतदान नगर्नको लागी नेकपाको विद्यार्थी भातृ सँस्था अखिल क्रान्तिकारीले त्यहाँबाट प्रतिनिधित्व गर्ने संसाद मोहन आचार्यलाई सचेत गराएको छ ।
नेकपाले पछिल्लो समयमा केन्द्रीय कार्यक्रम मार्फत एमसिसीलाई राष्ट्रघाती भन्दै चर्को बिरोध गर्दै आइरहेको छ ।