३ सय १२ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झर्‍यो

फाल्गुन ११, २०७८ मा प्रकाशित | 557 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो ।

त्यस्तै २४ घण्टायता नाै सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप दुई जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।

नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३५ हजार सात सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web