एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

फाल्गुन ७, २०७८ मा प्रकाशित | 696 views

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ ।

बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा जारी छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ । त्यसअघि सत्ता साझेदार दलहरुको साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए । त्यसपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web