सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

फाल्गुन ५, २०७८ मा प्रकाशित | 415 views

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि बिहान साढे ११ बजे बस्नेछ ।

यसैबीच, संघीय संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची सार्वजनिक गरेको छ ।

संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web