अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने राष्ट्र बैंकको घोषणा

फाल्गुन ५, २०७८ मा प्रकाशित | 587 views

काठमाडौँ । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो ।

जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । के-कति हुने भन्ने विषयमा भने समीक्षामा उल्लेख गरिएको छैन । आगामी सर्कुलरबाट कति कडाइ गर्ने भन्ने विषयमा स्पष्ट खुलाइने प्रवक्ता भट्टले बताए ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अर्धवार्षिक कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ ।

यस अघि राष्ट्र बैंकले आयातमा जाने कर्जामा कडाइ गरेको थियो भने सेयर धितोमा जाने कर्जामा पनि सीमा तोकेर कडाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web