गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

फाल्गुन ५, २०७८ मा प्रकाशित | 393 views

काठमाडौँ । सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

गठबन्धनका शीर्ष नेताहरूकाे अर्काे बैठक भाेलि शुक्रवार बिहाना ९ बजेका लागि बाेलाइएकाे माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएकाे छ ।

आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web