राप्रपा महाअभियोग प्रस्तावको विपक्षमा

फाल्गुन ३, २०७८ मा प्रकाशित | 847 views

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।

आज मङ्गलवार काठमाण्डाैकाे धुम्बाराहीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै त्याे प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । बैठकले न्यायालय राजनीतिक दलहरूकै दबाब, प्रभाव, हस्तक्षेप र भागबन्डाका कारण धराशायी भएको राप्रपाको बुझाइ छ ।

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ । समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवलशम्शेर राणा नेतृत्वको वार्ता समितिले त्याे अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो । त्यही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web