सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

फाल्गुन ३, २०७८ मा प्रकाशित | 799 views

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले भाेलि बुधवारका लागि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।

सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे ११ बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

यसैबीच सचिवालयले सार्वजनिक गरेको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक डाक्नुभएको हो ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेस गर्ने र तीन वटा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web