नुवाकोटका शैक्षिक सँस्थामा अखिल क्रान्तिकारीको ‘नो एमसिसी’ ब्यानर

त्रिशूली । अखिल क्रान्तिकारीले अमेरिकी अनुदानको कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता फिर्ता गराउन दबाब दिदै शैक्षिक सँस्थाहरुमा यसको बिरोध गरेर कालो ब्यानेर राखेको छ । विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पाटी (नेकपा)को भातृ सँस्था अखिल क्रान्तिकारी नुवाकोट जिल्ला कमिटीले नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार सहित जिल्लाको विभिन्न स्थानको क्याम्पस र विद्यालयमा बिरोध गर्नुपर्ने कारण उल्लेख गरिएको ब्यानर झुण्डाएको हो ।
जिल्ला कमिटीको आयोजनामा बट्टार क्याम्पस सहित सम्बन्धित क्याम्पस तथा विद्यालय इकाईको तर्फकाट एमसिसी खारेज हुनुपर्ने कारण उल्लेख गरिएको कालो ब्यानर त्रिभुवन त्रिशुली वहुमुखी क्याम्पस, भैरुम माध्यमिक विद्यालय हात्तिगौडा, त्रिशुली नर्सिङ्ग मेडिकल कलेज विदुर लगायतको शैक्षिक सँस्थामा कालो ब्यानर झुण्डाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मेघेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार एमसिसी सम्झौताले आई.पि.एस. अन्तरगतको सुरक्षा रणनैतिक अङ्ग भएको, संसद्बाट पारित भएपनि कानूनको रुपमा स्थापित हुने र यो पास भएसगैँ नेपालका कानून भन्दा माथीको काूनन भएर अमेरिकी कानूनको रुपमा कार्यान्वयन गराउन खोज्ने, अमेरिकी लगानी हुने ५० अर्ब रुपैयाँको नेपालले लेखा परीक्षण गर्न न पाउने, निर्माणको चरणमा बन्ने संरचनामा अमेरिकाको बौद्धिक सम्पत्ति कायम हुने र त्यसमा नेपालको कुनै अधिकारी नहुने, नेपालको राष्ट्रिय स्वाधिनता तथा सार्वभौमसत्ता माथीको हस्तक्षेप हुने विभिन्न बुँदा उल्लेख भएकाले एमसिसी खारेज हुनुपर्ने माग गरिएको छ ।
एमसिसी सम्झौता खारेजको मागगर्दै यसको सन्देश फैलाउन जिल्लाको सबै शैक्षिक सँस्थामा अखिल क्रान्तिकारीले कालो ब्यानर मार्फत जानकारी गराउने जनाएको छ ।

No photo description available.

May be an image of 1 person, standing and outdoors

May be an image of 2 people and outdoors

May be an image of 2 people and people standing

May be an image of 2 people and outdoors

May be an image of outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 4 people, people standing and outdoors

May be an image of 3 people, people standing and outdoors

May be an image of 5 people and people standing

प्रतिक्रिया

TOP