नुवाकोटमा २० जना नयाँ सक्रमित थप, २७ जना सक्रमण मुक्त

माघ २७, २०७८ मा प्रकाशित | 446 views

त्रिशूली । नुवाकोटमा कोरोनाको सक्रिय सक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा आज पनि केही घटनेकेो छ । कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनको सक्रमण भित्रिएसगैँ नुवाकोटमा कोरोना रोगको सक्रमणको दर बढेपनि पछिल्ला दिनमा घट्ने क्रम जारी रहेको छ । आज माघ २६ गते जिल्लामा २० जना नयाँ सक्रमित पहिचान हुदाँ २७ जना कोरोना रोगको सक्रमणबाट मुक्त भएसगैँ सक्रिय सक्रमितको सङ्ख्या घटेर ११५ जनामा आइपुगेका स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार त्रिशूली अस्पतालको पिसिआर प्रयोगशालामा पछिल्लो चौविस घण्टामा २९ जनाको नमूनाको परीक्षण गर्दा २० जना नयाँ सक्रमित थपिएको हो । अस्पतालमा जाँच गराउन पुगेका ३ जना बिरामीको परीक्षण गर्दा सबैमा रोग नभएको नतिजा आएको थियो । यसैगरी, यसअघि कोरोना सक्रमित भएर उपचार गराउदै आएका मध्ये जिल्लाको विभिन्न पालिकाबाट २७ जना सक्रमणबाट मुक्त भएका छन् ।
नुवाकोटमा कोरोना सक्रमित भएर उपचार गराउदै आएकामध्ये अहिले सबै भन्दाबढी सक्रिय सक्रमित विदुर नगरपालिकामा ६७ जना रहेका छन् । बेलकोटगढी नगरपालिकामा सक्रिय सक्रमित घटेर ५ जनामा आइपुगेको छ ।
यस्तै, नुवाकोटको लिखु गाँउपालिकामा १८, तादीमा ९, किस्पाङमा ७ जना, म्यागङमा ५ जना, शिवपुरीमा दुई जना र पञ्चकन्या र तारकेश्वर गाँउपालिकामा १–१ जना कोरोनाको सक्रिय सक्रमित रहेका छन् ।
नुवाकोटको सूर्यगढी, ककनी र दुप्चेश्वर गरेर तीन गाँउपालिका कोरोना भाइरससको सक्रमणबाट मुक्त पालिकाको रुपमा सुरक्षित रहदै आएको छ ।
नुवाकोटमा कोरोना सक्रमित पहिचान भएका व्यक्तिहरुमध्ये अहिले १०५ जना घरकै एकान्तबाँसमा बसिरहेका छन् भने १० जनाको त्रिशूली अस्पतालमा उपचार भैरहेको छ । त्यो मध्ये तीनजनाको अबस्था गम्भीर भएसगैँ आईसियुमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web