कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक चुनावमा केन्द्रित हुने

माघ २६, २०७८ मा प्रकाशित | 495 views

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह चुनावमा केन्द्रित भएर छलफल गर्नेभएको छ ।

आज बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले भाेलि बिहीवार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह चुनावमा केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो । स्थानीय तह चुनावमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कोभिड–१९ का कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिइ गतिशील बनाउने विषयमा पनि त्याे बैठकमा छलफल हुने बताउनुभयो ।

नेपाली कांग्रेसको हिजो मङ्गलवार बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह चुनावमा केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यसबारे प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवालाई जानकारी गराइएको पनि प्रवक्ता महतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web