शेयर बजार साढे १४ अङ्कले घट्यो

माघ १७, २०७८ मा प्रकाशित | 369 views

काठमाडौँ । हिजो आइतवार एक सय पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज साेमवार भने घटेको छ । नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको शेयर घटेको छ । बीमा, उत्पादन र विकास बैंकको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २५ वटा कम्पनीकाे एक करोड एक लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web