राष्ट्रिय सभाको बैठक स्थगित

माघ १६, २०७८ मा प्रकाशित | 442 views

काठमाडौँ । भाेलि साेमवार माघ १७ गते बस्ने तय भएको राष्ट्रिय सभाकाे बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज आइतवार निकाल्नुभएकाे सूचनामा साेमवारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावाली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web