राष्ट्रिय युवा संघ र अनेरास्ववियुद्वारा सरकार विरुद्ध प्रदर्शन सहित प्रधानमन्त्रीको पुत्ला दहन

माघ १५, २०७८ मा प्रकाशित | 547 views

राष्ट्रिय युवा संघ र अनेरास्ववियुद्वारा सरकार विरुद्ध प्रदर्शन सहित प्रधानमन्त्रीको पुत्ला दहन

नुवाकोट । नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, र अनेरास्ववियुले नुवाकोटको वेलकोटगढि नगरपालिका स्थित रातमाटेमा सरकार विरुद्ध शुक्रबार साँझ मशाल जुलुस गरेको छ। राष्ट्रिय युवा संघ नेपाल वेलकोटगढि नगरकमिटि तथा अनेरास्ववियु वेलकोटगढि नगर कमिटीको आयोजनामा भएको उक्त मशाल जुलुसमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला समेत जलाईएको छ।

महादेवफाँट बजार परिक्रमा गरि कोण सभामा परिणत भएको उक्त जुलुस लाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजु तिवारीले सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा नेता तिवारीले वर्तमान सरकारले विभिन्न प्रपञ्च रचेर स्थानीय चुनाव नगराउन खोजीरहेको प्रति सचेत रहन समेत जनतालाई अनुरोध गरेका छन्।


मशाल जुलुसमा राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश चित्रकार, अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी सचिव प्रशान्त जंग पाण्डे, युवा संघका नेता दामोदर पुडासैनी, शंकर मुडवरी, सुन्दर नेपाल एमाले नुवाकोट जिल्ला कमिटीका नेताहरु नारायण नेपाल, पृथ्वी भक्त राई, अनेरास्ववियु जिल्ला कमिटीका नेताहरु प्रदिप नेपाल, श्रीकृष्ण खतिवडा, प्रदिप नेपाल “ख”, राजकुमार तमाङ्ग, किशोर वलि, प्रशन्न थिंग एमाले स्थानीय नेताहरु गेहेन्द्र न्यौपाने, सुर्य तमाङ्ग, अम्मर बहादुर राई, प्रकाश भण्डारी , रवि कुवँर श्री तमाङ्ग लगायत नेताहरु सहित सयौं युवाहरूको सहभागीता रहेको राष्ट्रिय युवा संघ नेपाल वेलकोटगढि वडा नं. ८ का अध्यक्ष समिर तमाङ्ग ले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web