भेरोसेल खोप लगाएकालाई बुस्टरमा कोभिशिल्ड दिइने

माघ १५, २०७८ मा प्रकाशित | 494 views

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन् ।

कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ ।

विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web