टेकु अस्पतालमा खोप अभियान फेरि सञ्चालनमा आउने

माघ १०, २०७८ मा प्रकाशित
Published at 2022-01-24

256 views

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलि मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ ।

अस्पतालले आज साेमवार विज्ञप्ति निकालेर भाेलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजाे आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.