१० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

माघ ८, २०७८ मा प्रकाशित | 389 views

काठमाडौँ । कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जना निको भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख २० हजार दुई सय ८३ जना पुगेको छ । अहिले नेपालमा ७२ हजार आठ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार आठ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web