पालिकाको चुनावबारे कानुनविद्सँग छलफल गर्ने

माघ ७, २०७८ मा प्रकाशित | 667 views

काठमाडौँ । सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिकाको चुनावबारेमा कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले २०७४ सालमा तीन चरणमा पालिकाको चुनाव भएकाले कुन मितिदेखि प्रतिनिधिहरूको पदावधि सुरु भएको मान्ने भन्नेबारे विज्ञहरुसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको बैठकमा सहभागी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

२०७४ सालको वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा चुनाव भएको थियो । यस्तै बैठकमा पालिकाको चुनाव अघि नै प्रदेश र प्रतिनिधि सभाको चुनाव नगर्ने तर तीन वटै तहको एकै पटक गर्नेबारेमा पालिकाका पदाधिकारीको पदावधिबारेमा कानुनविद्हरुसँग छलफल गरेपछि निर्णय लिने सहमति भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web