जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताए । १६ पुसमा बसेको समिति बैठकले कार्यविधि बनाएर छलफल, अन्तर्क्रिया र संवाद निरन्तर गरेपनि निष्कर्षमा पुग्न नसकिएको उनले बताए ।
‘छलफल गरेपनि हामी एउटा निर्णयमा पुग्न सकेनौं’ सदस्य साहले भने, ‘जे जति सहमति असहमति भएपनि कार्यकालको अन्तिम चरणमा रहेकाले नाम र राजधानी कुनै पनि हालतमा टुंग्याउनु जरुरी छ ।’
साहले प्रतिवेदन पेश गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भयो । यसपछि शुरु भएको बैठकमा नामाकरण र राजधानीबारे छलफल प्रारम्भ भयो । छलफलमा सांसदहरुले आ–आफ्नो दलको एजेन्डालाई दोहोर्याए । आफ्नो अडान छाड्न नसकिने उनीहरुको भनाइ थियो ।
आफ्नो अडान राख्ने क्रममा सांसदले सस्तो र महँगोबारे खुलेरै बहस गरेका छन् । खासगरी राजधानीको दुई वटा प्रस्तावमध्ये बीरगंजलाई राजधानी बनाउनुपर्ने बताउँदै आएका बारा र पर्साका सांसदले जनकपुर अहिले नै अत्यधिक महँगो रहेको र राजधानी भएपछि झनै महँगो बन्ने टिप्पणी गरे । बारा र पर्साका सांसदले दिएको यस्तो प्रतिकृयाको धनुषाका सांसदले प्रतिउत्तर दिएका छन्
25.12¡ÆC