२५ जना भन्दा बढी सांसदलाई कोरोनाको संक्रमण

माघ २, २०७८ मा प्रकाशित
Published at 2022-01-16

204 views

काठमाडौँ । २५ जना बढी संघीय सांसद कोरोनाको संक्रमित भएका छन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै तर्फका गरी २५ जना बढी सांसद कोरोना संक्रमित भएका हुन् ।

यस्तै, संसद सचिवालयकै ७ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै सभाको बैठक स्थगित भएको छ ।

यही माघ ३ गतेका लागि तय भएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

माघ ३ गते नै बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ १८ गते, २२ गते र २८ गतेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको थियो । तर कारण खुलाइएको थिएन ।

यो पटक सूचनामै ‘कोभिड– १९ को बढ्दो संक्रमणका कारण’ भनेर कारण खुलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.