नेकपा माओवादीका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

माघ २, २०७८ मा प्रकाशित
Published at 2022-01-16

219 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

आज गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको पुष २३ गतेको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि प्रचण्ड आइसोलेशनमा हुनुहुन्थ्यो ।

कोरोना पोजेटिभपछि प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.