‘धान जोन’ सञ्चालक समितिको संयोजकमा बिनोद पाठक सर्वसम्मत चयन

माघ १, २०७८ मा प्रकाशित | 1222 views

विदुर । नुवाकोटमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धान जोनको सञ्चालक समितिको संयोजकमा थानसिंहका किसान बिनोद पाठक चयन हुनुभएको छ ।
नुवाकोटमा सञ्चालनमा रहेको आलु जोन सक्किएसगैँ यसैवर्ष देखि सञ्चालनमा आएको धानजोन कार्यक्रम सञ्चालनको लागी किसानहरुको तर्फबाट व्यवस्थापन समितिको स्वरुपमा छनोट भएको सञ्चालक समितिको संयोजकमा बिनोद पाठक सर्वसम्मत रुपमा चयन हुनुभएको हो । परियोजना कार्यान्वयन ईकाईको कार्यालय विदुरमा यही शुक्रबार भएको किसान र किसानहरु सम्बद्ध विभिन्न संघ,सँस्था र कृषि सहकारीहरुको भेला मार्फत थानसिंहका युवा नेता एंव नेपाली काँग्रेस लिखु गाउँपालिकाको सभापति समेत रहनुभएका बिनोद पाठकलाई संयोजक चुनिएको हो ।
प्रधामन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रम स्वदेसी लगानीमा नेपाल सरकारको गौरवको योजना अन्तरगत सञ्चालनमा ल्याइएको छ । स्वदेसी कृषि उत्पादन बृद्धि गर्दै परनिर्भर हटाउन कृषिमा आधुनिकरण, यान्त्रिकरणको प्रयोग मार्फत व्यावसायिकरणतर्फ उन्मुख गराउनको लागी परियोजनालाई महत्वको रुपमा हेरिएको छ ।
नुवाकोटमा धान जोन कार्यक्रम लिखु गाउँपालिकाको वडा न. ३ बाहेक बाँकी पाचवटा वडाहरु, तादी गाँउपालिकाको वडा नं. १ बाहेक बाँकी ५ वटा वडाहरु, शिवपुरी गाँउपालिकाको वडा नं. ७ र ८, पञ्चकन्या गाँउपालिकाको वडा नं .१ र २ तथा बेलकोटगढी नगरपालिकाको वडा नं. १२ र १३ मा गरेर पचास हजार भन्दाबढी किसानलाई लक्षित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web